चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन हुँदै

चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन हुँदै

नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन हुने भएको छ । असोज १२ र १३ गते राजधानीमा सम्मेलन हुन लागेको हो । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धन : अवसर र चुनौती’ मूल नारासहित स्वास्थ्य सम्मेलन गर्न लागिएको संघले जनाएको छ । संघका अनुसार छ वटा विधामा छलफल तथा बहस हुनेछ । 

जसमा दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवपरिवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलिकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय सेवा रहेका छन् ।

टिप्पणीहरू