उडिरहेको जहाजमा 'फ्युल लिक' भएपछि श्री एयरका सबै उडान स्थगित

उडिरहेको जहाजमा 'फ्युल लिक' भएपछि श्री एयरका सबै उडान स्थगित

श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । माउन्टेन फ्लाइटमा गएको एउटा जहाजको इन्जिनबाट इन्धन चुहिएपछि सबै विमानको प्राविधिक परीक्षण गर्न उसले आज कुनै पनि उडान नगर्ने निर्णय गरेको हो। 

सबै जहाजको प्राविधिक परीक्षण गराउन आजका १७ वटा उडान स्थगित गरेको बताइएको छ । पछिल्लो समय श्री एयरलाइन्सका जहाजहरुमा एकपछि अर्को प्राविधिक समस्याहरु देखिएका छन् । 

आज श्रीको एसएचए १६०१ उडानको जहाज काठमाडौँबाट गन्तव्यतर्फ उडेको केहीबेरमै बाँयातर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । त्यसपछि जहाजलाई करिब आधा घण्टा आकाशमा घुमाई इन्धन खालि गराएर बिहान ८ बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड गराइएको हो । 

त्यस्तै, गत शनिबार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा पनि प्राविधिक समस्या देखिएको थियो । त्यसपछि धनगढी पुगेको जहाज त्यहाँ अवतरण नगरि काठमाडौँ फर्काइएको थियो । 

२०७९ फागुन २५ गते काठमाडौँबाट भैरहवा उडेको जहाजको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण गराइएको थियो । गत असार १७ गते एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि सो दिनका सबै उडान स्थगित गरिएको थियो।
 

टिप्पणीहरू