नर्सिङ अध्ययनरत दुई युवतीमाथि सामूहिक बलात्कार

नर्सिङ अध्ययनरत दुई युवतीमाथि सामूहिक बलात्कार

सर्लाहीमा दुई युवती सामूहिक बलात्कारको शिकार भएका छन् । सदरमुकाम मलंगवामा उनीहरुलाई पार्टीमा बोलाएर बलात्कार गरिएको बताइएको छ । 

सोही आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा अध्ययनरत ती युवतीमाथि यस्तो बलात्कार भएको हो । 

प्रहरीका अनुसार उनीहरुमाथि भदौ ३१ गते राति सँगै अध्ययनरत छात्रहरुले बलात्कार गरेको भन्दै पीडितहरुले केही दिनअघि प्रहरीमा उजुरी दिएका थिए ।

मलंगवाको एउटै घरमा भाडामा बस्दै आएका
युवतीहरु नर्सिङ र छात्रहरु फार्मेसीतर्फ अध्ययनरत छन् । छात्राहरुलाई पार्टी खान बोलाएर राति बलात्कार गरिएको थियो ।

प्रहरीले धनुषाको सहिद नगरपालिका–४ का अनिकितकुमार यादव र पर्सा,सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू