बझाङमा आधा घण्टाको फरकमा दुई भूकम्प : पछिल्लो निकै शक्तिशाली

बझाङमा आधा घण्टाको फरकमा दुई भूकम्प : पछिल्लो निकै शक्तिशाली
सुन्नुहोस्

सुदूरपश्चिममा गएको भूकम्पको धक्का काठमाडौं र भारतको नयाँ दिल्लीसम्म महशुस गरिएको छ । बझाङलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ३ बजेरको समयमा गएको भूकम्प ठूलो क्षेत्रमा महशुस गरिएको हो ।

 सुदूर पश्चिमका बाजुरा, अछाम, दैलेख, डडेलधुरा र दार्चुलामा समेत भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागले भूकम्प ६.३ म्याग्नेच्युडको भएको जनाएको छ । आधा घण्टाअघि सोही क्षेत्रमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पको क्षतिबारे जानकारी आइसकेको छैन । 

उता भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पले हल्लाएको भवनको  भिडियो सामाजिक सञ्जालमा हालिएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाले नेपालमा ६.२ र ४.६ म्याग्नेच्युडको दुई वटा भूकम्प गएको उल्लेख गरेको छ ।

भिडियाे स्राेत : टाइम्स अफ इण्डिया

टिप्पणीहरू