प्रधानमन्त्री वीर अस्पतालबाट फिर्ता

प्रधानमन्त्री वीर अस्पतालबाट फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पतालमा भर्ना हुनुभएका नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझेर बालुवाटार फर्कनुभएको छ । 

हिजो अछाममा अचेत भएपछि नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका आचार्यको स्वास्थ्य अवस्था बुझ्न उहाँ वीर अस्पताल जानुभएको हो । 

आचार्य पार्टीको तीन महिने विशेष रूपान्तरण अभियानको क्रममा अछाम पुगेपछि बिरामी भएको र हेलिकोप्टरमा नेपालगञ्ज र त्यहाँबाट विमानमा राखेर हिजो काठमाडौं ल्याएपछि वीर अस्पतालमा भर्ना गरिएको हो ।

आचार्यको दाहिने भाग चलेको छैन । चिकित्सकका अनुसार बोली ननिस्केकाले पक्षघात भएको आशंका गरिएको छ ।

टिप्पणीहरू