प्रधानमन्त्री र यातायात मन्त्रीबीच धेरै कुरामा छलफल

प्रधानमन्त्री र यातायात मन्त्रीबीच धेरै कुरामा छलफल
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबीच भेटवार्ता भएको छ । मन्त्री ज्वाला प्रधानमन्त्री दाहालसँग भेट गर्न बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । 

उहाँहरुबीच बिहान झण्डै एक घण्टा कुराकानी भयो । भेटमा समसामयिक राजनीति,कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति,उत्तरतिर नाका,दशै तिहारमा सवारी सुचारुलगायत विषयमा छलफल भएको बताइएको छ ।

टिप्पणीहरू