शेखरको विद्रोहबारे देउवा निवासमा छलफल
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ ।
आज अपरान्ह आफ्नै निवास धुम्बाराहीमा बैठक डाकिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा शेखर कोइराला गुटले कोशी प्रदेश गरेको ’विद्रोह’ का विषयमा छलफल हुने जनाइएको छ । कोशीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने देउवाको निर्णय अस्वीकार गर्दै कोइराला समूहले एमालेको सहयोग लिएर सो समूहका सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।
कोशीको कलहले काँग्रेसमा विभाजनको बीऊ रोपिएको भनिएको बेलामा देउवाले पार्टीको बैठक बोलाउनुभएको छ । यसअघि बिहान बसेको काँग्रेस कोशी कार्यसमिति बैठकले केदारको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको छ ।
टिप्पणीहरू