शेखरको 'बिद्रोह' बारे निर्णय लिन बसेको कांग्रेस बैठक अनिर्णित

शेखरको 'बिद्रोह' बारे निर्णय लिन बसेको कांग्रेस बैठक अनिर्णित फाइल फाेटाे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ । संस्थापनइतर खेमाका नेता शेखर कोइरालाले कोशी प्रदेशका ७ सांसदलाई पार्टी निर्णयविरुद्ध बिद्रोह गराएको विषयमा निर्णय गर्न बसेको बैठक त्यसै टुंगिएको हो ।  

सभापति शेरबहादुर देउवाले आज अपराह्न ३ बजेका लागि आफ्नै निजि निवास धुम्बाराहीमा राखेको बैठक ढिलो सुरू भएको थियो । कार्यसम्पादन समिति सदस्यसमेत रहेका बिद्रोही नेता शेखर नै अनुपस्थित रहेपछि बैठक अनिर्णित भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठक भोलि पनि बस्ने उनले बताएका छन् । शेखरले बैठकमा आउँछु भनेर अन्तिममा अनुपस्थित भएको विश्वकर्माको भनाई छ । 

कोशी प्रदेशमा कांग्रेसका ८ सांसदसहित एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन् । कार्की नेता शेखर निकट हुन् । यता काँग्रेसकै संस्थागत निर्णयका आधारमा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्ग्बो मौसमको पनि मुख्यमन्त्रीमा दाबी परेको छ । उनलाई माओवादीसहित कांग्रेस, एकीकृत समाजवादी र जसपा संसदीय दलले औपचारिक निर्णय गरेर समर्थन जनाएका छन् ।

टिप्पणीहरू