गोकर्ण रिसोर्टको एमाले भेलामा विदेशी पाहुना आउने क्रम जारी

गोकर्ण रिसोर्टको एमाले भेलामा विदेशी पाहुना आउने क्रम जारी
सुन्नुहोस्

एमालेले आयोजना गरेको एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) मा सहभागी हुन विदेशबाट पाहुना आउने क्रम जारी छ । हिजोदेखि गोकर्ण रिसोर्टमा भएको आइक्यापको ४० औं स्थायी कमिटी र एसिया युरोप पोलिटिकल फोरमको पाँचौ बैठकमा कोरिया र इण्डोनेसियाका पाहुना हिजो दिउँसो र राति आइपुगेका हुन् ।

दक्षिण कोरियाली राष्ट्रिय सभाका सदस्य चो जोङ सिक, हा ताय किउङ तथा प्रशासन विभागका बायोन डायओन हिजो राति सवा १० बजे काठमाडौं आइपुगेका छन् । उनीहरु क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६०३ मा हङकङबाट आएका हुन् ।

त्यसैगरी सिंगापुर एअरको उडान नम्बर एसक्यु ४४० मा दिउँसो २ बजे । इण्डोनेसियाका सिनेटर डायना विदुस्तुती देवासा काठमाडौं आइपुगेका छन् ।

कार्यक्रममा सहभागी हुन बंगलादेश र कम्बोडियाका सिनेटरहरु अस्ति आइपुगेका थिए । बंगलादेशका राना एम सोहिल र सिरिन एस लिरा, कम्बोडियाका सिनेटर पूर्व मेजर जनरल सुओस यारा र कम्बोडियाकै सिनेटर एङ कोथे कार्यक्रममा सहभागी भएका छन् ।

टिप्पणीहरू