सत्ता खेलाडी मीनेन्द्र बाल्कोटमा,कोशीका मुख्यमन्त्री बसुन्धारामा
कोशी प्रदेशको नयाँ सत्ता निर्माणमा कुर्सी बाहिर बस्नुपर्दा सधैं असन्तुष्ट मीनेन्द्र रिजालले मुख्य भूमिका खेलेको बुझिएको छ ।
वर्तमान सत्ता गठबन्धनबाट काङ्ग्रेसलाई छुटाएर एमालेतिर हातेमालो गराउने मिशनअन्तरगत पूर्व रक्षामन्त्री समेत रहेका उनी अस्ति बिहिवार बेलुका ५ बजे एमाले अध्यक्ष केपी ओलीसङ्ग घनीभूत छलफलका निम्ति बालकोट पुगेका थिए ।
त्यहीँबाट शेरबहादुर देउवाका प्रतिस्पर्धी शेखर कोइरालानिकट केदार कार्कीलाई एमाले साँसदहरुको समर्थनमा मुख्यमन्त्रीका निम्ति दावी पेश गर्न लगाउने आकस्मिक सहमति जुटेको हो । आकस्मिक रूपमा विकसित उक्त घटनाक्रमकै कारण गठबन्धनबाट प्रस्तावित माओवादी उम्मेदवार इन्द्र आङ्ग्बो पाखा लागेका छन् भने एमालेका ३९ प्रदेश सभा सदस्यको समर्थनप्राप्त केदार कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गबाट आजै मुख्यमन्त्रीमा नियुक्त गरिसकिएको छ ।
मध्यावधि चुनाव रोक्न यसो गर्नु परेको बताउने गरिएता पनि परिस्थिति अझै सोचेजस्तो सहज भने छैन । अबको एक महिनाभित्र नयाँ मुख्यमन्त्रीले बिश्वासको मत लिएपछि मात्र थप खड्गो टर्ने हो । त्यतिन्जेल सरकारमा को को जाने भनी टुङ्गो लाग्न बाँकी नै छ । यी यावत जटिलतावारे बिस्तृत छलफल गर्न दिउँसो ३:३० बजे बुध्द एअरको उडानमा बिराटनगरबाट आएका नवनियुक्त मुख्यमन्त्री कार्की बसुन्धारास्थित काङ्ग्रेस नेता डा.शेखर कोइरालाको निवासमा जारी आफू पक्षीय मिटिङ्गमा ब्यस्त छन् ।
टिप्पणीहरू