गृह जिल्लाका तीन वटा खानेपानी आयोजना उद्घाटनपछि प्रधानमन्त्री राजधानी प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण सम्पन्न तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । उहाँले शारदानगर, जखेडीमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको बताइएको छ ।
जखेडीमाई खानेपानी आयोजना ३८ करोड ४० लाख लागतमा निर्माण सम्पन्न भएको छ । यसबाट तीन हजार ३६८ घरधुरी लाभान्वित हुनेछन् । त्यसैगरी ४६ करोड ७२ लाख रुपियाँ लागतमा शारदानगर खानेपानी आयोजनाबाट तीन हजार पाँच सय घरधुरीलाई लाभ पुग्ने छ ।
दिव्यनगर खानेपानी आयोजनाको लागत दुई करोड ९८ लाख रहेको छ । यसबाट एक हजार आठ सय ५५ घरधुरी लाभान्वित हुने छन् ।
हिजो मध्यान्ह चितवन जानुभएका प्रधानमन्त्री अहिले भरतपुरबाट बुद्ध एअरको उडानमा फर्कन लाग्नुभएको छ ।
टिप्पणीहरू