दशैंमा घर फर्किनेका लागि रास्वपाको ‘हेल्पडेस्क’

दशैंमा घर फर्किनेका लागि रास्वपाको ‘हेल्पडेस्क’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलालीको गौरीफण्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा ‘हेल्पडेस्क’ सञ्चालन गरेको छ । 

दशैं मनाउन भारतबाट स्वदेश फर्किने नेपालीलाई लक्षित गरेर रास्वपाले दुई वटा स्थानमा ‘हेल्पडेस्क’ राखेको जनाएको छ । 

‘हेल्पडेस्क’ मा पिउने पानीको सुविधा छ । हिन्दूहरुको महान् चाड दशैं शुरु भएसँगै सुदूर पश्चिमको सीमानाका गड्डाचौकी हुँदै स्वदेश भित्रिने नेपालीको संख्या ह्वात्तै बढेको छ । रोजगारीका लागि भारत गएकाहरु धमाधम घर फर्किरहेका छन् ।

टिप्पणीहरू