सिम्रिकको हेलिकोप्टरमा प्युठान पुगेका एमाले अध्यक्ष पोखराबाट नियमित उडानमा फिर्ता
एमाले अध्यक्ष केपी शर्मा ओली प्युठान पुगेर पोखरा हुँदै फर्कनुभएको छ । उहाँ आज बिहान सिम्रिक एअरको हेलिकोप्टरमा प्युठानको स्वर्गद्वारी पुग्नुभएको थियो ।
पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गरेर उहाँ सोही हेलिकोप्टरमा पोखरा पुग्नुभएको बताइन्छ । हेलिकोप्टर रिफ्युलिङका लागि पोखराको पुरानो विमानस्थलमा साँझ ५ बजे अवतरण गरेको थियो ।
पाँच जनाको टोलीसहित प्युठान जानुभएका अध्यक्ष ओली हेलिकोप्टरबाट ओर्लेर श्री एअरको उडानमा काठमाडौं फर्कनुभएको हो ।
टिप्पणीहरू