कोशी किचलोबारे देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

कोशी किचलोबारे देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूलाई छलफलका लागि डाक्नुभएको छ । 

नेता शेखर कोइरालाले कोशी प्रदेशमा गरेको विद्रोहलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले बैठक बोलाउनुभएको बताइएको छ । देउवाको निजी निवास धुम्बाराहीमा अपरान्ह ४ बजे बैठक बोलाइएको छ ।

कोशी प्रदेशमा पार्टीको निर्णय विपरित शेखर पक्षधर आठ सांसदले विद्रोह गरी एमालेको समर्थनमा सरकार गठन गरेपछि काँग्रेसमा किचलो चर्किएको छ ।

टिप्पणीहरू