काँग्रेस त्यागेका कृष्ण कमलको पार्टीमा महामन्त्री
नेपाली काँग्रेस परित्याग गरेका कृष्ण कार्की पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपाल प्रवेश गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सदस्यता प्रदान गर्दै कार्कीलाई पार्टीमा औपचारिक रुपले प्रवेश गराएका हुन् । पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए । १२ औं महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए ।
कार्कीलाई पार्टी प्रवेश गराउँदै थापाले महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको बताए । राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा यसले योगदान पुग्नेसमेत उनको विश्वास छ ।
दशैंलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
टिप्पणीहरू