झुल्के घामसँगै भारतीय राजदूतद्वारा नेपालबाटै कैलाश पर्वतको दर्शन
कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्यालय भवन तथा पुस्तकालयको उद्घाटनपछि भारतीय राजदूत नवीन श्रीवास्तव तिब्बतमा रहेको कैलाश पर्वतको नेपालबाटै दूरदर्शन गरेर राजधानी फर्कनुभएको छ । उहाँ अस्ति त्यता गएर हिजो फर्कनुभएको बताइएको छ ।
उहाँ कैलास हेलिकोप्टर सर्भिसको ९ एन एएमटी हेलिकोप्टरमा हिजो बिहान मुगुको राराबाट हुम्ला जानुभएको थियो । अस्ति मुगुमा बास बसेपछि राजदूत श्रीवास्तव हिजो बिहान श्रीबक्स गुल्म, हुटु ब्यारेक, मुगुबाट सिमकोट विमानस्थल हँुदै नाम्खा–६ लाप्चा जानुभएको हो ।
लाप्चाबाट कैलास पर्वतको दर्शन गरेर पुनः सिमकोट विमानस्थल हुँदै सुर्खेत पुग्नुभएको थियो । त्यहाँबाट मध्यान्ह सोही हेलिकोप्टरमा राजधानी फर्कनुभएको थियो । उहाँसँगै उडानमा हुम्लाको सर्किगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाय रहेको बताइन्छ ।
टिप्पणीहरू