अर्थमन्त्रीलाई खानेपानीको जिम्मा

अर्थमन्त्रीलाई खानेपानीको जिम्मा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई खानेपानी मन्त्रालयको कार्यभारसमेत दिनुभएको छ । खानेपानीमन्त्री महिन्द्र राय यादव उपचारको निम्ति भारतको नयाँ दिल्ली जानुभएकाले उहाँको जिम्मेवारी डा. महतलाई दिइएको बताइएको छ ।

मन्त्री यादवको अनुपस्थितिमा प्रधानमन्त्री दाहालले सम्हाल्दै आउनुभएको मन्त्रालयको कार्यभार आज डा. महतलाई दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिएका छन् । 

जारी विज्ञप्तिमा भनिएको छ,‘माननीय खानेपानीमन्त्री महिन्द्र राय यादव भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचारका लागि निजी भ्रमणमा संवत् २०८० साल असोज ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएकोले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूबाट माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्हाल्ने गरी तोक्नुभएको छ ।’

टिप्पणीहरू