मजदुरहरुको नाराबाजीपछि विनोद चौधरी पुगे नयाँ दिल्ली

मजदुरहरुको नाराबाजीपछि विनोद चौधरी पुगे नयाँ दिल्ली

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । सिजी ब्रुअरीका कामदार तथा कर्मचारीले गएरातिदेखि चौधरी र व्यवस्थापनविरुद्ध चर्का नारा लगाएका छन् । 

दशैंको मुखमा बोनस रकम नदिएपछि उनीहरुले नाराबाजी गरेका हुन् । मजदूरको माग सम्बोधन गर्नुको सट्टा चौधरीले प्रहरी प्रशासनको दुरुपयोग गरेर लाठी चार्ज गराएको उनीहरुको आरोप छ । 

नवलपुरको देवचुलीमा रहेको सिजी ग्रुपका मजदुरहरू आन्दोलित भएका हुन । त्यहाँ रहेको सिजी ब्रुअरीका कर्मचारीले दशैंको मुखमा दिनुपर्ने बोनस रकम नदिएकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

कर्मचारी र मजदूरहरुले कम्तीमा ५० हजारदेखि ६० हजारसम्म बोनस पाउनुपर्नेमा नदिएपछि नाराबाजी गरेका हुन् । मजदुरमाथि चर्को प्रहरी दमन भएको छ । लाठी प्रहारबाट एक दर्जन बढी मजदुर घाइते भएको बताइन्छ । 
चौधरी ग्रुपका अध्यक्ष तथा विश्वकै डलर अर्बपतिको सूचीमा रहेको भनिएका विनोद दशैंको मुखमा मजदुरहरुलाई रुवाउँदै आज बिहान इण्डिगो एअरको उडान नम्बर ६ ई ११५२ मा भारत गएका हुन् । आन्दोलनरत मजदुरलाई कामबाट निष्कासित गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू