काँग्रेसको चियापान पूर्णिमाको दिन, तीन दिनपछि एमालेको

काँग्रेसको चियापान पूर्णिमाको दिन, तीन दिनपछि एमालेको

राजनीतिक दलहरुले यो वर्ष पनि दशैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा चियापान कार्यक्रम गर्ने भएका छन् । 

सत्तारुढ नेपाली काँग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ । त्यसदिन अपरान्ह १ देखि ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गर्न लागिएको काँग्रेसले जनाएको छ ।

वि.सं २०३३ मा संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि काँग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आएको छ ।  

प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि कात्तिक १४ गते चियापान समारोह आयोजना गर्ने जनाएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा चियापान समारोह आयोजना गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । 

प्रमुख राजनीतिक दलहरुले हरेक वर्ष दशैँ, तिहार, छठलगायतका पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

टिप्पणीहरू