राष्ट्र संघीय महासचिव १२ गते आउने, पर्सिपल्ट संसदमा सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणको क्रममा संघीय संसदको संयुक्त बैठकलाई सम्बोध गर्ने हुनुभएको छ । उहाँ कात्तिक १२ गते काठमाडौं आइपुग्ने र १४ गते अपरान्ह संसद बैठकलाई सम्बोधनको कार्यक्रम बनाउन थालिएको छ ।
महासचिवको सम्बोधनका क्रममा बैठकमा संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिने संसद सचिवालय स्रोतले बताएको छ ।
उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । यसअघि गत असोजमा हुने भनिएको महासचिव गुटरेसको भ्रमण इजरायलमाथि प्यालेष्टिनी विद्रोही समूहको आक्रमणपछि स्थगित गरिएको थियो ।
टिप्पणीहरू