उपप्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, अस्पतालभित्रै हिँडडुल शुरु

उपप्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, अस्पतालभित्रै हिँडडुल शुरु
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । चीनको राजधानी बेइजिङमा बुधबार साँझ हृदयाघात भएपछि उहाँ पेकिङ मेडिकल कलेज अस्पतालमा उपचारर गराइरहनुभएको छ । 

मुटुको भल्भमा ‘स्टेन्ट’ राखिएका उपप्रधानमन्त्रीलाई चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओवहङले आज अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ । अस्पतालका अनुसार उहाँ सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा रहनुभएको छ । 

उहाँ तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन चीन जानुभएको हो । कार्यक्रममा सहभागी हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको हो ।

टिप्पणीहरू