आणविक हतियारको उत्पादन अर्थहीन र प्रयोग विवेकहीन : अध्यक्ष तिमिल्सिना

आणविक हतियारको उत्पादन अर्थहीन र प्रयोग विवेकहीन : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यस्तो कार्यलाई विवेकहीनको संज्ञा दिनुभएको छ । मानव जातिले मानवजातिकै संहार हुनेगरी सैन्य, सामरिक र आणविक अस्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषयलाई जायज ठान्न नसकिने उहाँको भनाई छ ।

आणविक हतियारको उत्पादन र प्रयोगले शान्ति  र न्याय खलबल्याएको उहाँको तर्क छ । ‘विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा मानवजाति र पृथ्वीको अस्तित्व समाप्त हुने गरी आणविक शस्त्रअस्त्र निर्माणमा प्रयोग भइरहेको छ, जुन विवेकहीन कार्य हो, यो जायज छ,’ उहाँको भनाई छ । 

अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको सन्दर्भ पनि उठाउनुभएको छ । उहाँले ती सबै धारणा एंगोलाको राजधानी लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४७ औं महासभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको हो ।

टिप्पणीहरू