प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा रुकुमपश्चिम जाँदै

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा रुकुमपश्चिम जाँदै

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपश्चिम जान लाग्नुभएको छ । उहाँ बाँफिकोट गाउँपालिका–६, मग्मामा आजदेखि शुरु हुने सहिद स्मृति मेला उद्घाटनको निम्ति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान साढे ६ बजे सेनाको हेलिकोप्टरमा प्रस्थान गर्ने बताइएको छ । 

उहाँ सेनाको एनए ०३८ एमआई कल साइन भएको हेलिकोप्टरमा त्यता जाने तयारी गरिएको छ । आजको उडानमा चालक दलका सदस्यहरुमा कर्नेल एस.के. कटवाल र लेफ्टिेनेन्ट कर्नेल आर.बी. अधिकारी रहेको बुझिएको छ ।

प्रधानमन्त्री साँझ बालुवाटार फर्कने क्रममा सुर्खेतस्थित मध्य हवाई सुरक्षा बेसमा इन्धन भर्ने छ । 

त्यसअघि प्रधानमन्त्री दाहाल बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को भोलि हुने संयुक्त वडा समिति बैठकमा सहभागी हुने र सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ ।

टिप्पणीहरू