काँग्रेसको चियापानमा एमाले नेताहरुको लर्काे
दशैं, तिहार, नेपाल सम्वत्, छठ पर्वका अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पार्टी मुख्यालय सानेपामा जारी छ ।
दिउँसो साढे १ बजेबाट शुरु भएको चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सांसद, कर्मचारी, सुरक्षा निकायका प्रमुख, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखलगायत उपस्थित छन् ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पनि पुगेका छन् । ओलीसँगै एमाले नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मालगायत चियापानको निम्ति पुगेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनाको स्वागत गरिरहेका छन् । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपरान्ह ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गर्ने गरेको छ
टिप्पणीहरू