नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघीय महासचिवका तीन मापदण्ड

नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघीय महासचिवका तीन मापदण्ड
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीनवटा मापदण्डका आधारमा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ । 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो । शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आफू सघाउन तयार रहेको उल्लेख गर्दै उहाँले त्यसका निम्ति अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकता सम्बोधन गरिनुपर्नेमा महासचिव गुटेरेसको जोड छ ।

सोक्रममा उहाँले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।

नेपालले शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध गरेको प्रयासको सह्राना गर्दै महासचिव गुटेरेसले आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले दुईपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी गराउनुभयो ।

 

टिप्पणीहरू