करेन्ट लागेर बित्ने पनि उत्तिकै
चितवनमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका १६, कामना टोलका २२ वर्षीय पवन मल्लको करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
आज बिहान घरको सुत्ने कोठामा साउण्ड सिस्टम जोड्ने क्रममा विद्युतको तार सर्ट भई करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए । तत्काल भरतपुर अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।
उता धनुषामा पनि करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । हंसपुर नगरपालिका १, ननुपट्टीकी ५५ वर्षीया लिलमदेवी कापरको करेन्ट लागेर निधन भएको हो ।
आज दिउँसो घरमा मोटर जडान भएको कलको पाइपको लिकेज बन्द गर्न माटोले टाल्ने क्रममा करेन्ट लागेको बताइएको छ ।
उपचारार्थ जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
टिप्पणीहरू