भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु
सुन्नुहोस्

भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुईवटा यात्रुवाहक रेल आपसमा ठोक्किँदा ५० जनाभन्दा धेरै घाइते भएको बताइएको छ ।

विशाखापट्नमबाट पालसा र विशाखापट्नमबाट रायगढा चल्ने गरेका दुई यात्रुवाहक रेल आपसमा ठोक्किएको हो । रेलका तीनवटा डब्बा ट्र्याकबाट उछिट्टिएका छन् ।

यसअघि गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा २८० जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू