संविधान खारेजीको माग गर्दै वृद्धको एकल प्रदर्शन आज पनि जारी

सुन्नुहोस्

२०७२ सालको संविधान खारेज गर्न माग गर्दै एकल प्रदर्शनमा उत्रिएका एक बृद्धले आज पनि त्यसलाई जारी राखेका छन् । अहिलेको संविधान खारेज गरेर नयाँ संविधान जारी गर्न माग गर्दै धादिङको गजुरी गाउँपालिका किरान चोक -८ स्थाई ठेगाना भई हाल कलंकी घर बताउने ७५ वर्षीय चेतनाथ ढुंगाना प्रदर्शनमा उत्रिएका हुन् ।

गत असोज १९ गतेदेखि हरेक दिन माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरिरहेका उनले आज पनि निरन्तरता दिए । सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरेर बिभिन्न घटनाका दोषीलाई छुट दिएको, राष्ट्रघाती सम्झौता गरेको भन्दै ढुंगानाले संविधान काम नलाग्ने अवस्थमा पुगेको बताए । 

'२०७२ साल असोज ३ गते जारी भएको संविधान गणतन्त्र हैन नेतातन्त्र हो' लेखिएको ब्यानरसहित प्रदर्शनमा बसेका उनले अहिलेको संविधान जलाई नयाँ जारी गर्नुपर्ने माग राखेका छन् ।
 

टिप्पणीहरू