उपराष्ट्रपति सोलुखुम्बुु प्रस्थान, प्रधानमन्त्री भैरहवामा

उपराष्ट्रपति सोलुखुम्बुु प्रस्थान, प्रधानमन्त्री भैरहवामा
सुन्नुहोस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोलुखुम्बु जानुभएको छ । उहाँ दुधकुण्ड नगरपालिकामा रहेको चिवाङ गुम्बाको शतवार्षिकी समारोहमा भाग लिन नेपाल वायुसेवाको उडानमा त्यता जानुभएको हो । 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १६ सदस्यीय टोलीका साथ भैरहवा पुग्नुभएको छ । श्री एअरलाइन्सको उडानमा प्रधानमन्त्रीसहित सचिवालयका १६ जना बिहान पौने ८ बजे काठमाडौंबाट त्यता जानुभएको हो ।

टोलीमा छोरी तथा निजी सचिव गंगा दाहालसहित सचिवालयका रमेश मल्ल, मनहरी तिमिल्सिना, बुद्धि जिसी, निरज भण्डारी, जनार्दन सिलवाल, सिद्धराज न्यौपाने, नवीन अधिकारी, राजेन्द्र शाह, नरबहादुर विष्ट, राजु घले, घनश्याम श्रेष्ठ, प्रदीपराज वन्त, नवराज दाहाल र गोविन्द आचार्य रहेको बताइएको छ ।

टिप्पणीहरू