साँझ परेपछि बालुवाटारमा युरोपेली युनियनकी नयाँ राजदूत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन यूनियन (इयू)का नवनियुक्त राजदूत भेरोनिक्यु लोरेन्जले शिष्टाचार भेट गरेकी छन् ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नोना डेप्रेज कार्यकाल सकेर फर्किएसँगै लोरेन्ज नेपालका लागि इयूको राजदूत नियुक्त भएकी हुन् ।
टिप्पणीहरू