लक्ष्मी खोइ ? भन्दै रविले सोधे, रामहरीले शीर निहुराएँ

लक्ष्मी खोइ ? भन्दै रविले सोधे, रामहरीले शीर निहुराएँ

 प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई नेताका बिचमा भएको संवादको एउटा भिडियो भाइरल भइरहेको छ । 

केही दिनअघि समितिमा भएको एउटा कुराकानीको भिडियो सामाजिक सञ्जालमा यतिखेर भाईरल बनेको हो । सन्दर्भ हो, व्यक्ति हत्याको आरोपमा पक्राउ पुर्जी जारी भएपछि बेपत्ता रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीबारे तत्कालिन गृहमन्त्री रवि लामिछाने र कांग्रेस सांसद रामहरी खतिवडाबीचको कुराकानी । 

खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्री हुदाँ सांसद (हाल समिति सभापति)रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । तर, लामिछाने यतिखेर गृहमन्त्रीको जिम्मेबारीमा छैनन् । खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई प्रश्न गरेर ‘बदला’ लिएका हुन् । 

तर, लामिछानको प्रश्नको खतिवडाले कुनै जवाफ दिएनन, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा व्यापक छ ।

‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्यूले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइको पार्टी सरकारमा छ, सबैभन्दा ठूलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै ?’  लामिछानेले यस्तो प्रश्न गरेपछि सभापति खतिवडाले शिर निहुराएका थिए ।

टिप्पणीहरू