आफू प्रधानमन्त्री नभएसम्म बूढीगण्डकी आयोजना नबन्ने केपी ओलीको दावी

आफू प्रधानमन्त्री नभएसम्म बूढीगण्डकी आयोजना नबन्ने केपी ओलीको दावी

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा मात्रै बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने बताउनुभएको छ । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ मा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्नुहुँदै ओलीले भन्नुभयो- 'संभवत: म प्रधानमन्त्री नभएसम्म बूढीगण्डकी आयोजना बन्दैन होला । म प्रधानमन्त्री बनिन भने पनि जब नेकपा एमाले सरकारमा जान्छ तब बूढीगण्डकी आयोजना बनाउँछ ।'

अहिलेको सरकारले बूढीगण्डकी आयोजनालाई चासो नदिएको ओलीले बताउनुभयो । आफू प्रधानमन्त्रीबाट हटेपछि बूढिगण्डकी जलविद्युत परियाेजनाको अघि बढेकाे काम राेकिएकाे बताउनुभयाे । 'म प्रधानमन्त्री हुँदा बूढीगण्डकीलाई अगाडि बढाउने निर्णय गरेर शुरु गरिसकेको थिएँ । अब फेरि म प्रधानमन्त्री नबने पनि नेकपा एमालेले सरकारको नेतृत्व नपाएसम्म बूढीगण्डकी बन्दैन । अहिलेको सरकारले यो काम गर्न सक्दैन', ओलीले भन्नुभयो-'अहिलेको सरकारले अरुको मुख मात्रै ताकेर बसेको छ ।'

त्रिपुरा सुन्दरी आफैमा पवित्र पर्यटकीय गन्तव्य भएकोले यस ठाउँको विकासमा एमालेले ध्यान दिइरहेको बताउँदै ओलीले सम्बृद्द नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै दलमा सामाजिक सद्भाव हुनु जरुरी रहेको बताउनुभयो ।कात्तिक १७ गतेदेखि २७ गतेसम्म सल्यानटारमा हुने मेला 'हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.' को आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला शुरु भएकाे छ । मेलामा ९० स्टल रहेकाे छ । ५० हजारले अवलाेकन गर्ने र १० कराेडकाे काराेबार हुने  आयोजक समितिका संयोजक लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिनुभएको छ ।

मेलाको आकर्षणको रुपमा स्थानीय उत्पादन, सल्यानटारकाे मास, झुसे,  तिल, घैया लगायतका प्रदर्शनी र बिक्रि गरिने छ । कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहेकाे छ ।

टिप्पणीहरू