भूकम्प अपडेट : मृतकको संख्या ८० पुग्यो, डेढ सय घाइते
मध्यरातको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा गरेर ८० जनाको मृत्यु भएको छ । झण्डै एक सय ५० जना घाइते भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । रुकुम पश्चिममा हालससम्म ३६ जनाको मृत्यु भएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति पटक पटक भूकम्प गएको हो । राति ११ः४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि १२ः०८, १२ः२९ र १२ः३५ मा क्रमशः ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
टिप्पणीहरू