उपमेयरद्वारा भूकम्पपीडित राहत कोषमा एक महिनाको तलब

उपमेयरद्वारा भूकम्पपीडित राहत कोषमा एक महिनाको तलब

पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएकी छन् । 

उनले जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर अस्ति राती गएको भूकम्पपछि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेकी हुन् । 

६.४ म्याग्निच्युडको उक्त भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । हिजो रातिसम्म १५७ जनाको ज्यान गएको छ भने झण्डै दुई सय जना घाइते भएका छन् ।
 

टिप्पणीहरू