डिल्लीबहादुर अमेरिका हिँडेपछि धनबहादुर मुख्यमन्त्री

डिल्लीबहादुर अमेरिका हिँडेपछि धनबहादुर मुख्यमन्त्री
सुन्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका गएका छन् । चौधरी अमेरिका हिँडेपछि प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्की कार्यवाहक मुख्यमन्त्री बनेका हुन् ।

धनबहादुर हिजोदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । डिल्लीबहादुर अमेरिकाको न्युयोर्कमा आयोजित दुई वटा कार्यक्रममा सहभागी हुन गएपछि फर्केर नआएसम्म उनी मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखद्वारा कार्यवाहक मुख्यमन्त्री बनेका हुन् ।

चौधरी द एसेम्बली स्टेट अफ न्युयोर्क र अलबेनिक ३० औं डिस्ट्रिक्ट कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।

टिप्पणीहरू