काँग्रेसका माननीयहरुको आधा महिनाको तलब भूकम्प पीडितलाई

काँग्रेसका माननीयहरुको आधा महिनाको तलब भूकम्प पीडितलाई
सुन्नुहोस्

नेपाली काँग्रेसले संघीय सांसदहरूको आधा महिनाको तलब भूकम्प पीडितहरूलाई दिने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास चप्पल कारखानामा आज बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले यसअघि ५० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू