डा.बाबुराम नेतृत्वको पार्टीद्वारा भूकम्प पीडितलाई १० लाख
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पार्टी अध्यक्ष भट्टराईको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भूकम्प पीडितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कोषका लागि तत्काल पार्टीका आर्थिक विभाग प्रमुख हरि रिजालको नेतृत्वमा अत्यावश्यक सामग्रीसहित चिकित्सक टोली पनि परिचालन गरिसकेको जानकारी पनि दिएको छ ।
भूकम्प पीडितलाई थप राहतको निम्ति खाद्यान्नलगायत सामग्री संकलन अभियान चलाउने निर्णय भएको पार्टीले जनाएको छ ।
टिप्पणीहरू