उपप्रधानमन्त्रीसहित सैनिक विमानमा ३२ जनाको काठमाडौं आगमन, केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा

उपप्रधानमन्त्रीसहित सैनिक विमानमा ३२ जनाको काठमाडौं आगमन, केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा

नेपाली सेनाको विमानमा हिजो साँझ ३२ जना राजधानी काठमाडौं फर्केका छन् । कल साइन एनए ०६२ कासा विमान सुर्खेतबाट काठमाडौं आउने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पनि आएको बताइन्छ । 

सोही विमानमा नेपाल प्रहरीका डिआईजी डा.गोपेसकुमार ठाकुरसहित ११ जना मेडिकल टोली र मन्त्रीहरुको ९ जनाको टोली थियो । चालक दलका चार जना सदस्य गरी ३२ जना काठमाडौं आएका हुन् ।

तर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वमन्त्री जनार्दन शर्मा क्रमशः सल्यान, जाजरकोट र रुकुमपश्चिम जिल्लामा रहेको बताइको छ ।

टिप्पणीहरू