एकीकृत समाजवादीले थाल्यो सरकारको कामकारबाहीको चर्चा

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा एक दर्जन बढी नेताको उपस्थिति रहेको बताइन्छ ।
उपाध्यक्ष्य, प्रमेश हमाल, राजेन्द्र पाण्डे, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेललगायत नेताहरु बैठकमा सहभागी छन् ।
बैठकमा पार्टीको हालै सम्पन्न मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका काम कारवाहीबारे छलफल हुने बताइएको छ ।
टिप्पणीहरू