सरकार छोडेको एमालेले समर्थन फिर्ता नलिने
मुख्यमन्त्री केदार कार्की पुरानै गठबन्धनमा फर्किएपछि कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले समर्थन भने कायमै राख्ने भएको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
सरकार छोडे पनि तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । कांग्रेसबाट बिद्रोह गरेका कार्की एमालेको समर्थनमा संविधानको धारा १६८(५) बमोजिमको मुख्यमन्त्री भएका थिए । तर, पछि केन्द्रीय गठबन्धनको निर्णयअनुसार उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिएका थिए ।
त्यसपछि दुवै पार्टीलाई उनले सरकारमा लिएपछि बिच्किएको एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर सरकार छोडेको थियो ।
टिप्पणीहरू