मानवीय सेवा र सहायता तत्काल उपलब्ध गराइयोस् : समाजवादी मोर्चा
सत्तारुढ दलहरु आबद्ध समाजवादी मोर्चा नेपालले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई मानवीय सेवा तथा सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।
मोर्चाका संयोजक एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त मानवीय संकटको घडीमा उद्धार, राहत र पुनस्थापनाका लागि आवश्यक सहयोग गर्न आह्वान गर्नुभएको हो ।
उहाँले जाजरकोट भूकम्पमा घाइते भएका सम्पूर्णप्रति गहिरो सहानुभूति व्यक्त गर्दै तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्न, राहत प्रदान गर्न र पुनस्र्थापनाका लागि कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
त्यस्तै, भूकम्पमा परेका नागरिकलाई मानवीय सेवा तथा सहायता उपलब्ध गराउन तीनै वटै तहका सरकार तथा जनप्रतिनिधि, रेडक्रस, राष्ट्रिय अन्तर्राष्ट्रिय संस्था, सुरक्षा संयन्त्र तथा सरकारका सबै निकाय, सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा व्यवसायिक संस्थालाई यथासक्य सहयोगको निम्ति पनि आग्रह गरिएको छ ।
टिप्पणीहरू