प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । 

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा डाकिएको बताइएको छ । 

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिइएको छ ।

गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भएपछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको जनाइएको छ ।

टिप्पणीहरू