माधव नेपालसङ्ग को-को चीनतिर ?
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज अपरान्ह ५ बजे चीन जान लाग्नुभएको छ । उहाँ श्रीमती गायत्री आचार्यसहित आजै राती स्थानीय समयानुसार MU ९६१८ नम्बरको उडानबाट १०:२५ बजे युन्नान प्रान्तको खुनमिङ पुग्नुहुने छ ।
कृषिमन्त्री डा. बेदुराम भुसालसहित अन्य १२ जना पार्टी नेता पनि टोलीमा रहनेछन् । पार्टी स्रोतका अनुसार प्रदेश १ देखि ७ सम्मका नेताहरु विद्या चाम्लिङ, सुधिर साह,विष्णु महतो, शर्मिला पौडेल,अब्दुल हुसेन खान,लोकबहादुर हमाल,गणेश बिक, मोहन गौतम,हर्कबहादुर सिंह,विष्णु लम्साल, समशेर लामा र प्रकाश ढकाललाई पनि अध्यक्षसँगै भ्रमण दलमा सहभागी गराइएको छ ।
आज गएर टोली आगामी २८ गते फर्कने कार्यक्रम छ । अध्यक्ष नेपाल नेतृत्वको टोली खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने बुझिएको छ । त्यस क्रममा पार्टी नेताहरुसँग भेट हुने सल्लाह छ ।
खुनमिङमा दक्षिण र दक्षिण एशियाली पार्टीहरुको भेला र अनुभव आदानप्रदान कार्यक्रम राखिएको छ । सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई कार्यक्रममा अध्यक्ष नेपालको टोलीले भाग लिन लागेको प्राप्त समाचारमा उल्लेख छ ।
टिप्पणीहरू