रेमिट्यान्समा नयाँ रेकर्ड, एक महिनामा भित्रियो झण्डै डेढ खर्ब

रेमिट्यान्समा नयाँ रेकर्ड, एक महिनामा भित्रियो झण्डै डेढ खर्ब

नेपालमा रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असोजमा अहिलेसम्मकै धेरै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । 

आज विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले एक महिनाको अवधिमा भित्रिएको यो रकम अहिलेसम्मकै उच्च भनेको छ । बैंकको तथ्यांक अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

 चालु आर्थिक वर्ष २०८०/८१ को भदौ सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
 

टिप्पणीहरू