टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन थापाको आक्रोश
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको बताएका छन् ।
टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको भन्दै उनले उक्त निर्णय सच्याउन मागसमेत गरेका छन् । ‘सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक रहेको तर त्यसैको बाहानामा बन्द गरिनु सरासर गलत भएको थापाको ठहर छ । यसमा सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएको उनको आरोप छ ।
टिप्पणीहरू