रुकुम जानुअघि प्रधानमन्त्री र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व जानुभएको छ । उहाँ नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा बिहान पौने १० बजे बालुवाटारबाट त्यता जानुभएको हो ।
त्यसअघि उहाँसँग पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको बताइन्छ । प्रधानमन्त्रीसँग भेट गर्न अध्यक्ष नेपाल बिहान पौने ९ बजेको समयमा बालुवाटार पुग्नुभएको हो ।
झण्डै आधा घण्टा दुई नेताबीच कुराकानी भएपछि अध्यक्ष नेपाल साढे ९ बजेको समयमा त्यहाँबाट बाहिरिनुभएको थियो ।
टिप्पणीहरू