आइएमई लिमिटेड सम्मानित

आइएमई लिमिटेड सम्मानित

समग्र रेमिट्यान्स कम्पनीमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । 

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा आज काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आइएमई गु्रपका प्रबन्ध निर्देशक र संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मानित गर्नुभएको हो । 

आर्थिक वर्ष २०७८–०७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीमध्ये रेमिट्यान्सतर्फ आइएमई लिमिटेड सबैभन्दा बढी आयकर बुझाउन सफल भएको छ । 

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईले बैकिङ्ग सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्राएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको बताइन्छ । 

विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानबाट आइएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा यसअघि पनि पटक–पटक सम्मानित भइसकेको छ 

टिप्पणीहरू