गुरु नानक जयन्तीमा काठमाडौंमा विशेष कार्यक्रम

गुरु नानक जयन्तीमा काठमाडौंमा विशेष कार्यक्रम

आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाईंदै छ । वि.सं १५२६ को कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा जन्मेका गुरु नानकले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका हुन् । 

नानक जयन्तीका अवसरमा बालाजुको गुरुद्वारा नानक मठमा बिहान ११ बजे विशेष कार्यक्रम राखिएको छ । वल्र्ड शिख एड र नेपाली शिख समुदायको संयोजनमा बिहान ११ बजे गुरु नानक देवजीको ५५४ औं जन्मजयन्ती मनाउन लागिएको हो ।

त्यसैगरी पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ र साधुसन्तलाई भण्डारा गराईंदै छ । पशुपतिको भष्मेश्वर, ज्ञानेश्वर, कुपण्डोलस्थित गुरु नानक मठमा पनि विविध कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू