बबरमहलमा पैदल यात्रु आफैँले थिच्ने ट्राफिक लाइट
राजधानीको बबरमहलमा पैदल यात्रु आफैँले स्विच थिचेर ट्राफिक लाइट बाल्न सकिने प्रविधि सञ्चालनमा ल्याइएको छ ।
जिल्ला अदालत अगाडिको मुख्य सडकमा अबदेखि पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्नसक्ने बताइएको छ । ‘पेलिकन क्रसिङ’ भनिने ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सम्बन्धित बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्छ । तोकिएको ३० सेकेन्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्छ । यो लाइट काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको हो ।
टिप्पणीहरू