कहाँबाट ल्याए सन्तोषले नक्कली नोट ?
नक्कली नोट बोकेका एक युवक आज राजधानीमा पक्राउ परेका छन् । शंखमुल बस्दै आएका धादिङका २३ वर्षीय सन्तोष चेपाङ नक्कली नोट बोकेको आरोपमा समातिएका हुन् ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई गएराति छ थान नक्कली नोटसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले उनको साथबाट एक हजार दरको पाँच थान र पाँच सय दरको एक थान नक्कली नोट बरामद गरेको हो । पक्राउ परेका चेपाङमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू